नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले बलियो नेदरल्यान्ड्सलाई पाखा लगाएकाे छ । २२६ रनको मध्यम लक्ष्य पछ्याएको नेपाललाई ५ विकेटको जित दिलाउन आरिफले ७८ रनको उत्कृष्ट इनिङ खेले ।

उनले २ छक्का र ७ चौका प्रहार गरेका थिए । आरिफलाई दीपेन्द्रसिंह ऐरीले बलियो साथ दिए । आरिफ र दीपेन्द्रले ८९ रनको साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा ३ चौकाको सहयोगमा १९ रनमा आउट भए । भीम सार्की २६ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९।१ ओभरमा २ सय २५ रनको योगफलमा समेटियो ।

नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । ८औं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । मिर्वो २२ बलमा २१ रन बनाउँदै रन आउट भए ।

कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । ४६ रन जोड्दै कप्तान एडवार्डस ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित