काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।
साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् । उनलाई राजीनामा पत्र बुझाउन प्रचण्डले नै निर्देशन दिएका थिए ।
साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए । मधेशमा माओवादीका ९ जना सांसद रहेका छन् ।
प्रदेशका सांसदले दबाब दिए पनि साहले भने अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए ।






























