डिएसपीले चलाएको गाडीले दियो कोशीका सांसदहरू चढेको गाडीलाई ठक्कर

काठमाडौं । कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ।

सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा डिएसपीले चलाएको गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले चलाइरहेका थिए भने विपरीत दिशाबाट बिएई १४०६ नम्बरको कार आउँदै थियो। उक्त कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए।

डिएसपीले चलाएको गाडीले सांसदहरू चढेको गाडीलाई ठक्कर दिएको हो। सांसदहरू सामान्य घाइते छन्। सांसद मैया श्रेष्ठले एक जना सांसदलाई अलि बढी चोट लागेको र अरू सामान्य रहेको बताइन्। आफू निवासमा पुगेर आराम गरिरहेको उनको भनाइ छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित