उपसभामुख रानालाई हटाउन एमाले-कांग्रेसको गृहकार्य सुरु

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई कारबाही गर्न सत्तारूढ दल नेपाली–कांग्रेस र नेकपा एमालेले फेरि गृहकार्य सुरू गरेका छन् ।

मानव तस्करी गरेको आरोपमा रानामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भएको स्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसका शीर्ष र प्रभावशाली नेताहरूको हालै बसेको बैठकमा उपसभामुख रानामाथि कारबाही प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको थियो ।

रास्वपाबाट उपसभामुख निर्वाचित भएकी रानाले केही व्यक्तिलाई अमेरिका पठाउन भिसा सहजीकरणका लागि लेखेको पत्रका आधारमा उनीमाथि कारबाहीको तयारी शुरू भएको थियो ।

२०८१ साउन महिनामा सत्ता समीकरण फेरबदल भएलगत्तै रानामाथि कारबाही गर्ने तयारी सत्ता गठबन्धनका दलले शुरू गरेका थिए । रानाले असम्बन्धित व्यक्तिलाई भिसा सहजीकरणका लागि पत्र लेखेर मानव तस्करी गरेको भन्दै संसदमा समेत उनको राजीनामा माग गरिएको थियो ।

एक वर्षसम्म सेलाएको उपसभामुख माथिको कारबाहीको विषय पुनः चर्चामा आएको हो । यसबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

संवैधानिक परिषदमा आफ्नो प्रतिनिधि नभएकाले कांग्रेसले उपसभामुख हटाउने विषयमा यसअघि पनि जोडबल गरेको थियो । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले गम्भीर प्रश्न उठेकै बेला उपसभामुखले राजीनामा नदिँदा अन्योल भएको बताए ।

उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा उजुरी परेको थियो । सोही खालको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०मा पनि परेको थियो ।

सन् २०२३ को फ्रेब्रुअरी २ मा आफूसहित ५ जनाको भिसा सहजीकरणका लागि उनले अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित