जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले जेठ १५ गते राजावादीहरूको प्रदर्शन रहेकाले उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई थापाले यस्तो निर्देशन दिएका हुन् ।

राजनीतिक व्यवस्था र संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन उनको निर्देशन छ । ‘कानुनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई ध्यान दिनुहोला । प्रदर्शनका क्रममा हुने कुनैपनि अराजकतापूर्ण गतिविधि सह्य हुन सक्दैन,’ उनले भने ।

प्रहरी कर्मचारीबीचको कुटपिटको अब सह्य नहुने उनले बताए । ‘पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो । अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन’, थापाले भने ।

विधि मिच्ने प्रहरीलाई नियमसंगत कारबाही हुने भन्दै उनले हातपातमा नउत्रिन निर्देशन दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित