सुदूरपश्चिमका मुख्यमन्त्री शाह भारत प्रस्थान

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान गरेका छन्। शाहको नेतृत्वमा १० सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेका हुन्। भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्रीसहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट एक साताका लागि भारत भ्रमणमा प्रस्थान गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले बताए । मुख्यमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। वैशाख २२ गतेसम्म उनी भारतमा रहने छन्।

भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषि लगायतका विषयमा भ्रमण दौरान छलफल हुने बताए । भ्रमण टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण पनि गर्नेछ । उनीहरूले भारतका संघीय मन्त्रीहरूसँग भेट्ने कार्यक्रम छ । उनीहरू लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने छन् ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई दिइएको छ । मंगलबार भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित