सरकार परिर्वतनको चर्चाबीच प्रधानमन्त्री ओली र देउवाबीच छलफल

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको सम्भाना नरहेको बताएकी छन् । शुक्रबार थाइल्याण्डबाट परिवारसहित फर्कने क्रममा उनले सरकार परिवर्तन विदेशमा गइ नभइ नेपालमै रहेको बेला हुने भन्दै सरकार परिवर्तनका लागि विदेश गएको भन्ने विषयमा सत्यता नभएको दाबी गरिन् ।

थाइल्याण्डमा राजनीतिक भेटवार्ता नभएको र युएन वर्किङ सेसनमा केन्द्रीत भएको बताइन् । कांग्रेस सभापतिसमेत रहेका आफ्ना पति शेरबहादुर देउवा राजनीतिक भेटघाटका लागि नभइ उपचारका लागि गएको उनको भनाइ छ ।

सरकार परिवर्तन हुन लागेको बारे पत्रकारले सोधेको प्रश्नमा राणाले यस्ता समाचार मनोरञ्जनका लागि बेलाबेलामा आउने तर्क गरिन् ।

‘मनोरञ्जनका लागि यस्तो समाचार आउने गर्छ,’ उनले भनिन्, ‘सरकार परिवर्तनका लागि नेपालमै बस्नु पर्ने होला विदेशमा गएर हुँदैन ।’

सरकार ढल्ने चर्चाका बीच प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ टेलिफोन संवाद समेत भएको राणाले जानकारी दिइन् ।

‘बेलुका सभापति र प्रधानमन्त्रीज्यूका बीचमा बेलुका ७ बजेतिर फोनमा कुराकानी भयो’ स्वदेश फर्कने क्रममा विमानस्थलमा राणाले भनिन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित