महेश बस्नेतको आरोप : २० करोडको डिल गरेको प्रमाणपछि राज्यमन्त्री बर्खास्त !

काठमाडौं । एमाले नेता महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् । तामाङले राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेको उनको दाबी छ ।

फेसबुकमा स्टाटस लेख्दै बस्नेताले सो दाबी गरेका हुन् । विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौँको ठेक्कामा मिलेमतो र अनियमितता गरेको आरोप पनि बस्नेतले लगाएका छन् ।

यस्तो छ उनको स्टाटस

ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर- जसको नाममा २० भन्दा बढी योजना कालोसूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ ।

ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो ।

तर जो चोर उसकै ठुलो स्वर भने झैं अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटङ्की गरिरहेको छ । याद गरेसः एमालेको पङ्क्तिको हातमा पनि दही जमेर बसेको छैन । अब समय आयो । भ्रष्ट र बेइमानहरूको पर्दाफास गरौँ । इमान्दार नेतृत्व र युवा पुनर्निर्माणको लागि प्रधानमन्त्रीज्यूले चालेको कदम सँगै उभियौँ । साथ दिऊँ, परि आए ज्यान दिऊँ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित