काठमाडौं । भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो ।
भारतीय सञ्चारमाध्यम एबीपीले १६ जना मृतकको नाम सार्वजनिक गरेको गरेको छ । जसमा नेपालका सन्दीप सुवेदी पनि रहेका छन् । एबीपीले सार्वजनिक गरेको लिस्टमा सुवेदीको नेपालको ठेगाना खुलेको छैन ।
त्यस्तै हत्या हुनेमा एक जना यूएइका पनि रहेका छन् भने बाँकी भारतका विभिन्न राज्यका अधिकांश पर्यटक रहेका छन् । आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमला गरेका थिए ।
मृतकहरु सख्या बढ्न सक्ने भारतीय समाचार एजेन्सीहरुले बताएको छ । सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको उनीको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।
आतंकवादी हमला भएसँगै साउदी अबरको भ्रमण रद्ध गरेर भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कर्दैछन् । लिस्टमा नेपालमा ठेगाना खुलेको छैन ।
