सरकारले गर्‍याे ६ डीआईजीकाे एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्।

त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन्।

उनीहरुलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ। एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तित्तकमा भर्ना भएका हुन्।

बाँकी ३ जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। २०५३ सालमै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोली नै बढुवामा छुटेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित