सरकारको भविष्यबारे शका उपशंका : बोलाइयो उच्चस्तरीय संयन्त्रको बैठक

काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ ।

सरकारको भविष्यबारे अनेक शंका उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो । बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लामो कुराकानी भएको थियो । गभर्नर नियुक्ति, महत्वपूर्ण निकायमा बढुवा, शिक्षकलगायतको आन्दोलन र सरकारको डेलिभरीलाई लिएर दुई नेताबीच कुराकानी भएको बताइन्छ ।

ठिक यही बेला शेखर कोइराला, महामन्त्री गगन थापालगायतका कांग्रेस नेताले सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रूपमा टिप्पणी गरिरहेका छन् । विपक्षी दलका नेता प्रचण्डले पनि सरकार फेरिने दाबी गरिरहेका छन् ।

समसामयिक विषयमा छलफलसँगै गठबन्धनमा कुनै तिक्तता नभएको सामूहिक सन्देश दिन संयन्त्रको बैठक बोलाइएको हो ।

कांग्रेस-एमालेको संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित