ओली र देउवाबीच बालुवाटारमा छलफल

काठमाडौं । सरकारको कार्यसम्पादनमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धनभित्रैबाट प्रश्न उठिरहेका बेला देउवासँग ओलीले बालुवाटारमा एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री निकट स्रोतले यसअघि जस्तै मंगलबार नियमित भेटघाट भएको जानकारी दियो । ‘संयुक्त सरकारका बसेपछि यसअघि पनि भेटघाट हुन्थ्यो ।

आज पनि दुई जनाबीच एक घण्टा छलफल भएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘पछिल्लो समय सरकारका विषयमा अनावश्यक हल्ला गर्ने काम भएको छ । सत्ता समीकरणकै दलका नेताले पनि सरकारको गति बढ्नुपर्‍यो भन्नेका कुरा उठाउनुभएको छ । छलफल यिनै विषयमा केन्द्रित भएको बुझेका छौं ।’

सोमबार सचिवालयको बैठक राख्दै एमालेले सरकार परिवर्तनको हल्ला मात्रै चलाइएको बताएको थियो । सरकारका कामलाई अझै प्रभावकारी बनाउन प्रमुख दलबीच पर्याप्त छलफल गरेर जाने निर्णय एमालेले गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित