वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु विजयी

काठमाडौं । वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियत (अनेरास्ववियु)की आर्जु राय विजयी भएकी छिन् ।

सभापतिमा अनेरास्ववियुकी राय र सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की मन्दिरा चिमोरिया विजयी भएको क्याम्पस प्रमुख डा कल्पना पौडेलले जानकारी दिइन् ।

सभापतिमा विजयी रायले १ सय ३ र सचिव चिमोरियाले १ सय ४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकै आसिका पौड्याल विजयी भएकी छिन् । उनले १ सय १५ मत प्राप्त गरिन् ।

यस्तै प्रत्यक्षतर्फ यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् । उनीहरू पाँचै जना अनेरास्ववियुका हुन् ।

निर्वाचनमा कूल २ सय ७२ मत खसेको थियो । तर, मतगणनाका क्रममा विवाद भएपछि मतगणना स्थगित भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित