प्रहरीमा ६ एआईजी रिक्त, यी हुन् ११ प्रतिस्पर्धी

काठमाडौं । नेपाल प्रहरीमा ६ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार दीपक थापा आईजीपी नियुक्त भएसँगै एआईजीको रिक्त दरबन्दी ६ पुगेको हो । त्यसअघि निवर्तमान आईजीपी वसन्त कुँवरसँगै ५ एआईजी चैत ४ देखि अवकाशमा गएका थिए ।

कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई एकसाथ अवकाशमा गएका हुन् । उनीहरूकै ब्याचमेट डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि सेवानिवृत्त भएका छन् । प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ । जसमा अहिले दुई एआईजी मात्रै छन् ।

योसँगै अब एआईजीको रिक्त दरबन्दीमा बढुवाको तीव्र प्रतिस्पर्धा देखिएको छ । डीआईजीहरू चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा.मनोज कुमार केसी, राजन अधिकारी, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक एआईजी बढुवाको दाबेदार छन् ।

बढुवा सूचीको पहिलो नम्बरमा डीआईजी खापुङ छन् । मेरिट सूचीको दोस्रो नम्बरमा आचार्य र तेस्रोमा शर्मा छन् । माथिका यिनै ११ जना मध्येबाट ६ जनालाई सरकारले एआईजी नियुक्त गर्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित