काठमाडौं । एसईई सुरु भएको एकघण्टा नबित्दै जनकपुरको एक परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ।
एसईईको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सकिएको छ। जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र एक घण्टामै सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएपछि स्थानीय प्रशासनले यस विषयमा छानविन थालेको छ।
शिक्षा विकास निर्देशनालय, मधेस प्रदेश जनकपुरका निर्देशक ठूलोबाबु दाहालले आफूलाई पनि प्रश्नपत्र बाहिरिएको विषय भर्खरै जानकारीमा आएको बताए।
जनकपुरको एउटा परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको भएको भनिए पनि कुन केन्द्रबाट बाहिरिएको हो खुलिसकेको छैन। केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने अनुमान गरिएको छ।