म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु सभापतिमा नेविसंघका संगम चोखाल विजयी

बेनी । म्याग्दी बहुमुखी क्याम्पस बेनीको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । चैत ५ गते सम्पन्न निर्वाचनबाट क्षेत्री २८८ मतसहित अध्यक्षमा विजयी भएका हुन् ।

अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री २८३ मतसहित सचिवमा विजयी हुँदा र अनेरास्ववियुकै अस्मिता भण्डारी २५२ मत लिएर कोषाध्यक्षमा विजयी भएका छन्। सदस्यमा अनेरास्ववियुका अविजित शाही, नेविसंघका विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी र अनुपम श्रेष्ठ प्रत्यक्ष तर्फ विजयी हुनु भएको म्याग्दी बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ ।

समानुपातिक तर्फ भने अनेरास्ववियुले २७७, नेविसंघ २४४, अखिल क्रान्तिकारी १४२ र अखिल नेपाल विद्यार्थी युनियन समाजवादीले १० मत प्राप्त गर्दा ११ मत बदर भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीका अनुसार प्रत्यक्ष र समातुपातिक गर्दा अध्यक्षमा नेपाल विद्यार्थी संघ, सचिव र कोषाध्यक्ष अनेरास्ववियु, सदस्यहरुमा नेविसंघ ७, अनेरास्ववियु ४ र अखिल क्रान्तिकारीबाट १ जनाले प्रतिनिधित्व गर्नेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित