लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ।

अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक राखेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने पनि मंगलबार धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले निर्णय गरेको हो।

राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति सोमबार गठन भएको थियो। उक्त समितिमा अध्यक्ष लिङ्देनलाई पनि सदस्य राखिएको थियो भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव थिए। यो समितिमा आफू सदस्य नबस्ने लिङ्देनले सोमबार नै बताएका थिए।

अध्यक्ष लिङ्देनले राप्रपाले पूर्वनिर्धारित आन्दोलनलाई निरन्तरता दिने बताए। ‘चैत १२ गते आन्दोलन परिचालन मूल समिति बैठक गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग लिङ्देनले भने, ‘पार्टीका सबै गतिविधि अब आन्दोलनकेन्द्रित गरेर जान्छौं। अबको आन्दोलन काठमाडौं उपत्यकाकेन्द्रित रहनेछ।’

उनले आन्दोलनमा साथ दिन समान विचार राख्ने राजनीतिक दलहरू, समूह वा व्यक्तिहरूलाई पनि आह्वान गरेका छन्। उनले नवराज सुवेदी नेतृत्वको समितिमा आफूलाई जानकारीबिनै नाम राखिएकोले आपत्ति जनाएको र उक्त समितिमा नबस्ने बताएको उल्लेख गरे।

तर राजसंस्थाका पक्षमा हुने यस्ता गतिविधिले आफूहरूलाई खुसी नै बनाउने उनको भनाइ थियो।

‘भोलि कमल थापा, दुर्गा प्रसाईंलगायतले पनि समिति बनाउनु होला, त्यहाँ नाम रहला, नरहला, छलफलमा बोलाइएला वा नबोलाइएला, त्यस्ता समितिलाई नपत्याएको भन्ने हुँदैन,’ उनले भने, ‘नवराज सुवेदी संयोजक रहेको समिति गठन गर्दा मलाई जानकारी दिइएन। निर्णय प्रक्रियामा हामी सहभागी पनि छैनौं।’

उनले पार्टीको आन्दोलन परिचालन मूल समिति संयोजक आफू रहेको र अब निर्णायक बाटोतर्फ लैजाने गरी आन्दोलन गरिने पनि बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित