गलकोट उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेस-माओवादी गठबन्धनका गौतम विजयी

बागलुङ । गलकोट उद्योग वाणिज्य संघको अध्यक्षमा ढालिन्द्र प्रसाद गौतम निर्वाचित भएका छन् । शुक्रबार भएको गलकोट उद्योग वाणिज्य संघको प्रथम अधिवेशनमा निर्वाचन प्रणालीबाट अध्यक्षमा गौतम निर्वाचित भएका हुन् ।

गौतमले उनका प्रतिस्पर्धी दिलिप कुमार श्रेष्ठलाई ४ मतको अन्तरले पछाडि पार्दै १ सय ४८ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन अधिकृत देवेन्द्र बहादुर खत्रीले जानकारी दिए । उनका प्रतिस्पधी श्रेष्ठले १ सय ४४ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा निर्वाचित गौतम नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । भने श्रेष्ठ स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार बनेका थिए ।

त्यस्तै, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट महिला सदस्यमा कौशिला घर्तीले २ सय २८ मत, बालकुमारी श्रीसले १ सय ६० मत, उद्योग सदस्यमा तुलाराम गौतमले १ सय ५६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा गठबन्धनबाट टिकाराम गौतमले १ सय ८० मत, भिम बहादुर केसीले २ सय ९ मत, दल बहादुर घर्तीले १ सय ८३ मत, श्याम सुन्दर भण्डेलले १ सय ७८ मत, भिम बहादुर केसी (बाबुराम)ले १ सय ८२ मत, सन्त बहादुर भण्डारीले १ सय ८१ मत, गोविन्द प्रसाद उपाध्यायले १ सय ८८ मत, नेकपा एमालेका धन बहादुर केसीले १ सय ८५ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित