रुख ढाल्ने क्रममा च्यापिएर दैलेखमा २ जनाको मृत्यु

दैलेख । दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भैरवी गाउँपालिका–५ ढाडगाँउस्थित सियाला सामुदायिक वनको खाल्डाँडा भन्ने स्थानमा रुख ढाल्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

स्थानीय बालकुमारी शाहीको वार्षिक पुन्य तिथिको लागि दाउरा काट्न गएका दुई जनाको रुख ढाल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए।

सल्लाको रुख ढाल्ने क्रममा उक्त रुखले उनीहरुलाई किचेको थियो। घटनास्थलबाट उपचारको लागि घरतर्फ ल्याउने क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दाहालले बताए।

प्रहरी चौकी भैरवीबाट सहायक प्रहरी निरीक्षक ललित रावलको नेतृत्वमा २ जना र इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक देविराम भण्डारीको नेतृत्वमा ५ जना प्रहरी घटनास्थल गएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित