काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ९सिनियर डीसीईओ०मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको ४ र४ वर्षको २ कार्यकाल पूरा गरि यही फागुन मसान्तमा सकिँदैछ ।
बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन (वाफिया) को व्यवस्था अनुसार एउटै व्यक्तिलाई २ कार्यकाल भन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन ।
सुनिल केसीले २ कार्यकाल पूरा गरेर बिदा हुने भएपछि घिमिरेलाई बैंकले सिइओमा नियुक्त गरेको हो ।
घिमिरे सन् २००९ देखि नै बैंकमा आबद्ध छन् । १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।
उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् । उनी एनएमबी बैंकमा ११ असोज २०७९ देखि नायब प्रमुख कार्यकारि अधिकृतमा कार्यरत छन् ।
बैंकको सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिस्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ । उपाध्याय पनि घिमिरेसँगै ११ असोज २०७९ मा नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
उपाध्याय विगत ९ वर्षदेखि एनएमबी बैंकमा कार्यरत छन् ।