भ्रष्टाचारमा दोषी ठहरिएका पूर्व एलडीओसहित तीन जना पक्राउ

काठमाडौं । पशुपतिको बालुवा खानी भ्रष्टाचारमा दोषी ठहरिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले केही दिनअघि काठमाडौं उपत्यका तथा विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजुकुमार रेग्मी रहेको सीआईबीका प्रवक्ता युवराज खड्काले नेपाल प्रेसलाई जानकारी दिए । जोशी र श्रेष्ठ पूर्वस्थानीय विकास अधिकारी (एलडीओ) हुन् भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।
एक महिनाअघि मात्रै विशेष अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा अहिले पक्राउ परेका ३ जनासहित ९ जनालाई दोषी ठहराएको थियो ।

अदालतले महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष, प्रेमराज जोशी र राजुकुमार रेग्मीलाई ६(६ महिना कैद सजाय तोकेको थियो । नियमविपरीत बालुवाखानी सञ्चालनको स्वीकृति दिएर पशुपतिनाथको आम्दानीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ठेकेदारसहित ९ जना विरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा गुरुयोजना बनाएर व्यवस्थित पूर्वाधार र संरचना विकास गर्नुपर्ने क्षेत्रमा बालुवाखानी सञ्चालन गरेर कोषको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाइएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित