देउवाले भने-बहुमत ल्याउन गाह्रो छ, धेरै सीट जित्नेतिर लाग्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूबीच देखिएको मतभेदलाई अन्त्य गरेर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै संविधान अनुसार एक्लै बहुमत ल्याउन गाह्रो रहेको बताए ।

उनले भने, ‘भोलिका दिनमा हुने चुनावमा हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ। धेरै काम गर्न सकिन्छ । तर, संविधान अनुसार सहज छैन। त्यसैले हामी एकताबद्ध भएर लाग्नुपर्छ। अहिले पनि हामी ठूलो पार्टी छौँ।’

उनले ६/६ महिनामा सरकार बदलिने अवस्था आएकाले अहिलेको सत्ता समीकरण बनेको बताए । उनले अहिलेको सत्ता सहकार्यलाई एकताबद्ध बनाएर जानुपर्ने जोड दिए । उनले भने, ‘६/६ महिनामा सरकार बदलिने अवस्थाबाट मुक्तिका लागि अहिले एमालेका नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छौं। दुई तिहाइ नजिक पर्याप्त बहुमत छ। बहुमतको सरकार छ। यो गठबन्धनलाई एकताबद्ध भएर अगाडि बढाउँछौं।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित