बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप : डीएसपी घाइते, १२ जना पक्राउ

काठमाडौं । राजधानीको बानेश्वरबाट १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आइतबार बिहान ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए ।

डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ। सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित