प्रकृति लम्सालको शव नेपाल ल्याइयो

मोरङ । भारतको उडिसा राज्यस्थित भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनामा मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल पठाइएको छ ।

दिल्लीबाट घटना भएको विश्वविद्यालयमा पुगेका कन्सुलर तथा प्रहरी वरिष्ठ उपरीक्षक सञ्जीव शर्माका अनुसार भारतको गोरखपुरस्थित विमानस्थल हुँदै शव नेपालस्थित घर पठाइएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक शर्माले विद्यार्थीका सबै माग कलेजले स्वीकार गरेपछि अहिले त्यहाँको वातावरण सामान्य बनेको बताए ।

उनले भने, ‘अहिले अवस्था सामान्य भएको छ । नेपाली विद्यार्थी कलेज फर्कने क्रममा छन् । कति आइसकेका छन् । नेपाल पुगेका विद्यार्थीको हकमा केही दिन लाग्न सक्छ । तर कलेजले विद्यार्थीलाई सुरक्षित वातावरण दिने प्रतिवद्धता जनाएको छ ।’

कलेजले बुधबार नै सबै विद्यार्थीलाई जोडेर जुम मिटिङ गर्ने जनाएको प्रहरी वरिष्ठ उपरीक्षक शर्माले भने, ‘कलेजले पनि आजै विद्यार्थीहरुलाई सम्बोधन गर्ने गरी जुम मिटिङ गर्नेछ । त्यसले पनि वातावरणलाई थप सहज बनाउने अपेक्षा छ। कलेजले घटनमा संलग्नहरुलाई कारबाही गरिसकेको र नेपाली विद्यार्थीहरुको हकमा शान्ति सुरक्षाको प्रतिवद्धता जनाएको छ । यस विषयमा त्यहाँस्थित चिफ सेक्रेटरी, शिक्षा मन्त्री तथा स्वास्थ्य मन्त्रीसँग समेत वार्ता भएको छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित