सहरकारी ठगी प्रकरण : कारागारमा बसेका देवकुमारलाई भाषण गर्नदिएपछि बागलुङका एसपी कँडेल विवादित

काठमाडौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले कारागारबाट निस्केर बचतकर्ताबीच भाषण गरेका छन् । आइतबार उनले जिल्ला सरकारी वकिलको कार्यालयदेखि बाहिर जम्मा भएका पीडितलाई सम्बोधन गरी भाषण गरेका हुन् । कारागारबाट जिल्ला प्रहरी प्रमुख ऋषिराम कँडेलले सँगै ल्याएर बचतकर्ताबीच बोल्न लगाएका हुन् ।

आइतबार सहकारी पीडित संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता तयारी गरेको थियो । सोही समयमा कारागारबाट निस्केर आई उनले तीन सयभन्दा बढी बचतकर्ता माझ रकम फिर्ता दिने बताए । ‘म सुकुम्बासी भएर पनि जनताको पैसा फिर्ता गर्छु,’ उनले भने, ‘परिस्थिति नमिलेर म भित्र बसेको हो, अब छिट्टै तपाईंहरूले पैसा पाउनुहुन्छ ।’ १ हजार ५ सय ४३ बचतकर्ताले रकम ठगी गरेको आरोपमा जाहेरी दिएपछि अदालतले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । नेपालीले १ अर्ब ५४ करोड बचतकर्ताको रकम ठगी गरेको आरोप छ ।

आइतबार कसको अनुमतिले नेपाली कारागारबाट निस्केर भाषण गर्न आइपुगे भन्नेबारे पनि स्थानीय प्रशासन अनभिज्ञ छ । जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद उपाध्याय बिदामा भारत भ्रमणमा गएका छन् । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले भने उक्त घटना जानकारी नै नपाएको बताए । ‘कारागारमा बसेको थुनुवा बाहिर आएर बोल्ने अवसर पाउन नहुने हो, के भएको हो, म बुझ्दैछु,’ सुवेदीले भने, ‘यो गम्भीर कुरा भयो ।’

कारागार ऐन-२०७९ को दफा १७ मा भेटघाटका लागि नातेदार र नजिकका आफन्त तथा थुनुवाले तोकेका कानुन व्यवसायीलाई विशेष सुरक्षा व्यवस्था गरेर कारागार प्रशासनले कारागारभित्रै भेट्न व्यवस्था मिलाउन पाउने व्यवस्था गरेको छ । त्यसबाहेक भेट्न आउनेहरूले पनि तोकिएको सुरक्षा व्यवस्था र सर्त पालना गर्नुपर्ने उल्लेख छ । दफा १८ को उपदफा ५ मा विशेष भेटघाट भए पनि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।

आइतबारको भेटघाट र भाषणको चाँजोपाँजो मिलाइएको आफूलाई जानकारी नभएको प्रजिअ सुवेदीले बताए । अदालतले पनि एक महिनाअघि नै मेलमिलापको आदेश दिएको थियो । पछिल्लो समय प्रहरी उपरीक्षक ऋषिराम कँडेलले कारागारमै पुगेर नेपालीलाई भेट्ने गरेका थिए ।

प्रहरी उपरीक्षक कँडेलले भने आफ्नो काम देवकुमार नेपालीको सुरक्षा गर्नु भएकाले मात्र सुरक्षा दिएको बताए । नेपालीले के भाषण गरे भन्ने आफूलाई चासो नभएको उनको प्रतिक्रिया थियो । कारागार प्रशासक धीरेन्द्रराज पन्तले भने सरकारी वकिलको कार्यालयमा मेमिलापमका लागि बोलाएकाले बाहिर जाने अनुमति दिएको बताए । सरकारी वकिल कार्यालयका निमित्त प्रमुख अर्जुन शर्माले काम सकेर फिर्ता पठाएपछि बाहिर के भयो जानकारी नपाएको बताए । प्रजिअ सुवेदीले पनि कामबाट छुटेपछि भाषण गराउन लैजान नमिल्ने भएकोले छानबिन भैरहेको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित