सहकारी रकम अपचलन प्रकरण : रविका साझेदार छविलाल जोशी पुर्पक्षका लागि जेल चलान

रूपन्देही । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी रकम अपचलन प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि यो आदेश दिएको हो ।

जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले पछि ठहरेबमोजिम हुनेगरी सोमबार कारागार पठाइएको बताए ।

जोशीमाथि रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप छ । यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

जोशी गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष एवं सञ्चालक हुन् भने लामिछाने प्रबन्ध निर्देशक हुन् ।

यसअघि रुपन्देही अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो, जुन उनले बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । जोशीसँग यसअघि सूर्यदर्शन सहकारी र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा क्रमशः कास्की र काठमाडौं जिल्ला अदालतले धरौटी मागेको थियो, जुन उनले बुझाएका थिए । जोशीविरुद्ध साहारा चितवन सहकारीको रकम अपचलनको समेत मुद्दा छ ।

सहकारी ठगीकै मुद्दामा लामिछानेलाई कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र चितवनमा ५४ लाख धरौटी माग भएको थियो, जुन उनले सबै अदालतमा बुझाइसकेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित