बालेनलाई अमरेशको चुनौती– सके संसद् भवन र सर्वोच्च भत्काऊ !

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई चुनौती दिएका छन् ।

उनले कवाड व्यवसायीमाथि डोजर चलाएको भन्दै नाजीवाद र फाँसीवादमा नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसले दिएको नागरिक अधिकारमा ख्याल गर्न आग्रह गरेका हुन् ।

“हामी ०७२को गणतान्त्रिक संविधानमा शासित छौँ । काठमाडौं सातै प्रदेशको राजधानी हो । काठमाडौं महानगरपालिकाको मेयर जसरी जर्मनीमा नाजीवादको सुरुवात भएको थियो हिटलरबाट । त्यसरी नै प्रस्तुत हुँदैछन्,” अमरेशले भने, “हिजो माघ २७ गते कवाड व्यवसायीहरुमाथि डोजर चलाइयो । त्यहाँ मुस्लिम छ, दलित छ, काठमाडौंका पनि छन् । जो घाइते भएका छन् त्यहाँ कोही पनि शासक छैन ।”

उनले त्यसो भनेर बालेनलाई चुनैती दिएका थिए । “म बालेनलाई च्यालेन्ज गर्न चाहन्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरवार भत्काएर देखाऊ, हिमम्त छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ,” अमरेशले भने, “यो नाजीवादको शैली काठमाडौं महानगरको मेयरबाट चल्दैन ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित