डियुटीमा खटिएका प्रहरी कुट्ने एमाले निकट दुई नेता पक्राउ, मुख्य योजनाकारसहित ५ जना अझै फरार

काठमाडौं । माघ २४ गते काठमाडौंको ठमेललस्थित सार्वजनिक सडकमा ड्युटीरत दुईजना प्रहरीलाई कुटपिटमा संलग्नमध्ये दुईजना समातिएका छन् ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको ‘क्विक रेस्पोन्स टीम’ (क्युआरटी) का दुईजना प्रहरीमाथि मध्यराति १२ बजे नेकपा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताहरूले कुटपिट गरेका थिए ।

६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका बेला सम्झाउन खोज्दा प्रहरीलाई कुटपिट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

मोटरसाइकलमा ड्युटीरत प्रहरीलाई लडाएर कुटपिटपछि लौरोसमेत फ्याँकिदिएको खुलेको छ ।

उक्त प्रकरणमा पक्राउ पर्नेहरूमा ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देल र दार्चुलाका २६ वर्षीय रमेश फुलारा रहेका छन् । उनीहरू दुवैजना अमृत साइन्स क्याम्पसका विद्यार्थी हुन् ।

प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई कुटपिटमा संलग्न समूहकामध्ये दुईजनालाई एयरपोर्टबाट पक्राउ गरिएको हो । कुटपिटका मुख्य योनजनाकार भनिएका अनेरास्ववियुकै नेता कमल जोशीसहित अझै ५ जना फरार रहेको प्रहरीले जनाएको छ।

उनीहरू दुवैजनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको कुटपिटबाट घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट थियो। उनीहरू ट्रमा सेन्टरमा उपचाररत छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित