चितवन बस दुर्घटना : घाइते हुनेको संख्या २५ पुग्यो

काठमाडौं । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु.प्र ०३-००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४:३० बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेतीदोभान पुलबाट खसेको हो।

दुर्घटनामा बसमा सवार ३० जनामध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए। उनका अनुसार घाइतेलाई चितवन मेडिकल कलेज लगिएको छ भने अवस्था सामान्य छ। टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको डीएसपी महतोले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित