बैंकिङ क्षेत्रविरुद्ध अराजक गतिविधि बढेको भन्दै कारबाही गर्न चार वित्तीय संस्थाको माग

काठमाडौं । वित्तीय क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको भन्दै वित्तीय क्षेत्र सम्बद्ध ४ वटा संस्थाले ध्यानाकर्षण भएको बताएका छन् । बैंकिङ क्षेत्र विरुद्ध अराजक गतिविधि र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकषर्ण भएको बताएका हुन् ।

शुक्रबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संद्ध र लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ती जारी गर्दै वित्तीय क्षेत्रमाथि भएको आक्रमणको आलोचना गरेका हुन् ।

‘नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र नीतिरनियमहरुको अधिनमा रहेको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्ने उदाहरणको रुपमा स्थापित भएको छ । नेपालको बैंकिङ क्षेत्र जोखिम बहन गर्ने क्षमता भएको र सुरक्षित रहेको स्पष्ट पार्दछौं ।’

विज्ञप्ती मार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप ‘निक्षेप तथा कर्जा सूरक्षण कोष’ मार्फत् सुरक्षण समेत गरीएको भन्दै निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको बताएका छन् ।

‘सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारी निकायहरुलाई आग्रह गर्दछौं ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित