विपिन जोशी गाजामा जीवितै रहेको पुष्टि !

काठमाडौं । इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवितै रहेको बताएको छ । द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ। नाम उल्लेख नगरिए पनि हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुन्।

इजरायली अधिकारीहरूका अनुसार आज हमासले पाँच थाई नागरिकसहित ८ बन्धक रिहा गर्दै छ। तर यो सूचीमा नेपाली बन्धक परेका छैनन् । द टाइम्स अफ इजरायलका अनुसार हमासले आज रिहा गरिने ३ जनाको नाम मात्र सार्वजनिक भएको छ। जसमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेस छन्।

यसका साथै आज ५ थाई बन्धक पनि रिहा हुने इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्। द टाइम्स अफ इजरायलले लेखेको छ, ‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन्। तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ।’

इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ। यसबीच उनीहरूले सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित