रुकुममा ४ दिनअघि भागी विवाह गरेका जोडी मृत फेला

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा युवा र युवती मृत भेटिएका छन् । १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार लोकेन्द्रले चार दिन अघि सपनालाई विवाह गर्ने भन्दै भगाएर आफ्नो घर ल्याएका थिए । आज बिहान ९ बजे लोकेन्द्रको घरको अस्थायी टहरामा दुवै जनाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुइँमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार लोकेन्द्रका बुबा र आमा उपचारका लागि नेपालगञ्ज गएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालिएको र परिवारको उपस्थितीपछि मात्रै शव उठाउने बताएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित