यी हुन् बिमा प्राधिकरण अध्यक्षका लागि आवेदन दिएका १२ जना (सूचीसहित)

काठमाडौं । बिमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका छन् । बिमा प्राधिकरणमा रिक्त अध्यक्षका लागि १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अध्यक्षका लागि क्लिकमान्डुका विषेश संवाददाता एवं वरिष्ठ प्रबन्धक शरद ओझा, बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं, पूर्वराजस्व सचिव रामशरण पुडासैनी, डा. दामोदर बसौला लगायत १२ जनाले आवेदन दिएका छन् ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । उनको कार्यकाल करिब १ महिना बाँकी थियो ।

सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो । अध्यक्ष छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा। डा। शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।

आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि तीन जनाको सर्ट लिस्ट अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा चयन गर्ने छ ।

यी हुन् प्राधिकरण अध्यक्षका लागि आवेदन दिएका १२ जना

कमल प्रसाद रेग्मी
डा देवराज रोका
शरद ओझा
चिरञ्जिवी चापागाईं
विष्णुबाबु मिश्र
बुद्धकाजी श्रेष्ठ
दामोदर बसौला
डिमप्रसाद पौडेल
रामशरण पुडासैनी
विक्रान्त पाण्डे
रमण नेपाल
विनोदकाजी श्रेष्ठ

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित