अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारहरूसँग प्रचण्डको भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्ष दाबेदारसँग छुट्टाछुट्टै भेट गरेका छन्।

उम्मेदवारी मनोनयन जारी रहेकै बेला प्रचण्डले अध्यक्षमा दाबेदारी गरिरहेका, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल, विराज थापा, गोविन्द बानियाँलाई खुमलटार बोलाएर छलफल गरेका हुन्।

प्रचण्डले भेट गरेपछि अहिलेसम्म अध्यक्षमा कसैले पनि उम्मेदवारी मनोनयन गर्न सकेका छैनन्। ‘अहिलेसम्म अध्यक्ष र महासचिवमा कसैको पनि उम्मेदवारी परेको छैन,’ अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष एवं कार्यलय प्रमुख केशव रावलले भने, ‘साँझ ६ बजेसम्म समय भने बाँकी छ।’

प्रचण्डले उम्मेदवारीका विषयमा साँझसम्म एउटा निष्कर्षमा पुगेपछि खबर आउने सन्देश दिएकाले पार्टीको निर्देशनको पखाईमा रहेको एक विद्यार्थी नेताले बताए। मनोनयनका लागि आज साँझ ६ बजेसम्मको समय दिइएको छ।

भेटमा प्रचण्डले कसैलाई पनि सहयोगको आश्वासन नदिएको अध्यक्षका दाबेदार सुदिन पौडेलले बताए। ‘अध्यक्ष प्रचण्डले हामी प्रत्यासी सबैलाई बोलाउनुभएको हो,’ पौडेलले प्रचण्डको भनाई उधृत गर्दै भने, ‘उमेर हद लगाएपछि तपाईँहरुलाई नेता बन्ने अवसर आएको छ।’ आफू उम्मेदवारी मनोनयनको कागजपत्र मिलाइरहेको उनले बताए।

राईलाई माओवादीका उपमहासचिव जनार्दन शर्माले समर्थन गरेका छन्। यस्तै, पौडेललाई अर्का उपमहासचिव वर्षमान पुनको समर्थन छ।

उमेर हदका कारण नेतृत्वबाट बाहिरिएका कतिपय नेताले सापकोटालाई समर्थन गरेका छन्। सापकोटालाई प्रचण्डकै समर्थन दिलाउन भरमग्दुर प्रयास गरिरहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित