अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मनोनयन सुरू

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मंगलवार मनोनयन दर्ता सुरु भएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ६ बजेसम्म चल्नेछ । २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, उपदेश यादव, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापा अध्यक्षका बलिया दाबेदार देखिएका छन् ।

उनीहरूमाथि पार्टीका केन्द्रीय नेताबाट हस्तक्षेप हुने सम्भावना छ । क्रान्तिकारीमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा निकट विद्यार्थी दबदबा छ । तर पुन र शर्माबीचकै नेताहरू आकांक्षी बढेकाले सहमतिको सम्भावना न्युन छ ।

तर सोमबार रातिसम्म सहमति जुटाउन फ्याक्शन इन्चार्ज हिमाल शर्मा, कार्यदलका संयोजक तथा पार्टी उपमहासचिव शक्ति बस्नेत, निवर्तमान अध्यक्ष पञ्च सिंह र अध्यक्षका दाबेदारहरूबिच पेरिसडाँडामा छलफल भएको थियो । सो छलफलमा दाबेदारहरूले आआफ्नै अडान कायमै राखेकोले सहमति जुट्न नसकेको इन्चार्ज शर्माले बताए ।

उमेर हदका कारण धेरै जना बाहिरिएको र फेरि निर्वाचन गर्दा अर्को समूह पनि बाहिरिने अवस्था आउने देखिएकोले सहमतिमा नेतृत्व चयनको प्रयास जारी रहने शर्माले बताए ।

नयाँ विधान अनुसार ३३ जना पदाधिकारी, ४८ केन्द्रीय सचिवालय र १६२ केन्द्रीय सदस्यहरू गरी २४३ जनाको निर्वाचनका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार बुधबार बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध उपर छानबिन गरी नामावली प्रकाशित गरिने छ ।

यस्तै माघ १० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने र सोही दिन दिउँसो २ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित