काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निवासमा बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई आज बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा बोलाएका हुन् ।
पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले ६ महिनामा गरेका कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न सभापतिले उनीहरूलाई बैठकमा बोलाएका देउवाको सचिवालयले जनाएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् ।