रवि लामिछानेको थुनछेक बहस आज पनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा बुधबार पनि जारी रहनेछ ।

जाहेरवालाका तर्फबाट कानून व्यवसायीको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस शुरु गर्ने तयारी रहेको अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। लामिछानेका तर्फबाट बहस गर्न झण्डै १० जना कानून व्यवसायीले वकालतनामा टिपाएका छन्। तर सबैको प्रतिनिधित्व गर्दै केहीले मात्रै बहस गर्ने चन्दले जानकारी दिए।

यसअघि सोमबार जाहेरवालाका तर्फबाट दुई जनाले बहस गरे पनि बुधबार कतिले गर्ने भन्ने यकिन नभएको उनले बताए। लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र संगठित अपराधसम्बन्धी मुद्दा परेपछि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ।

यता बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनबारे लामिछानेमाथि भइरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सम्भवतस् बुधबार नै रूपन्देहीमा लामिछानेमाथि मुद्दा दायर हुनसक्ने रूपन्देहीकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले जानकारी दिइन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित