१५ वर्षीय बालकको अपहरण, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । सर्लाहीमा एक १५ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्रम्हपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय विक्रम पासवान र भारत बिहार राज्य सितामडी राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् ।

भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेको भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । प्रहरीले ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने गरेको घरको कोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ।

अपहरणकारीबाट प्रहरीले एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, मोबाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बीआर ०६ बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेकाविरुद्ध सर्लाही जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित