काठमाडौं । आज आइतबार देशका विभिन्न पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ।
कोशी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।