कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ। तराईका केही भू–भागहरूमा भने हुस्सु लागिरहेको छ।

शुक्रबार दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। मधेसको मौसम सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ।

बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सफा रहने महाशाखाले बताएको छ।

आगामी २४ घन्टाका लागि बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्नेप्रति महाशाखाले सतर्क गराएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित