सर्वोच्च अदालत बारको अध्यक्षमा कांग्रेस-नेकपा एस गठबन्धनका पोखरेल विजयी

एमाले, माओवादीसहितको गठबन्धन पराजित

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। अन्य पदमा पनि पोखरेल नेतृत्वको टिमकै वर्चस्व कायम भएको छ।

पोखरेलले ३६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १८१ मत पाए।

उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन्। सचिवमा यही टिमबाट रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भएका छन्।

कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत निर्वाचित भएका छन्। अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी रहेका छन्। उनीहरु सबै पोखरेल नेतृत्वको प्यानलबाटै निर्वाचित भएका हुन्।

सर्वोच्च अदालत बारमा नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी लयर्स एसोसिएसनले संयुक्त प्यानल बनाएका थिए।

फरक प्यानलबाट सदस्य सतीशराज मैनाली मात्र निर्वाचित भएका छन्। उनी माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को प्रतिनिधित्व गर्छन्।

एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट पनि कोही पनि निर्वािचत हुन सकेनन्। एमाले, माओवादी, राप्रपा, रास्वपालगायत संगठनले संयुक्त प्यानल बनाएका थिए।

472559684 9207417925984373 7631881292464943854 n https://newskhari.com/storage/2025/01/Megh2025-01-04-09-05-43_1000x558_50.webp

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित