सुनसरीका तीन ठाउँमा शंकास्पद वस्तु फेला

इटहरी । इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। सुनसरी प्रहरीकाअनुसार इटहरी र धरानसहित तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।

सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो।

बम फेला परेकोबारे प्रहरीलाई मोबाइलमा म्यासेज आएपछि उक्त स्थानमा विशेष सावधानी अपनाएको छ।

ठूलो आकारमा देखिएको वस्तु विस्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै वस्तुको नजिक कसैलाई पनि जान दिएको छैन।

सेनाको टोलीले पहिला उपमहानगरपालिकाको गेट अगाडीको उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाएपछि अरू स्थानमा राखिएको शंकास्पद वस्तुको पहिचान एवम् निष्क्रिय बनाउन जाने प्रहरी प्रमुख तिम्सिनाले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित