बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार बुर्तिबाङ अस्पतालको उद्घाटनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ आउने भएपछि सार्वजनिक बिदा दिइएको हो ।
ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेका अनुसार बुर्तिबाङ अस्पतालको मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन गर्ने कार्यक्रमपछि नगरपालिकाभित्र स्थानीय सार्वजनिक बिदा दिइएको हो ।
मंसिर १८ गते कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायत गैरसरकारी संघ संस्थाहरुमा सावर्जनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेद्वारा जारी पत्रमा उलेख्ख गरिएकाे छ ।
