शुक्रबारदेखि यी स्थानमा हिमपात र वर्षाको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नदेखि शनिबारसम्म नेपालका अधिकांश भागमा मौसम बदली हुने अनुमान गरेको छ ।

बिहीबार विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रवार साँझदेखि नेपालको धेरै स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जनाएको हो ।

विभागले भनेको छ कि सो प्रणालीको असरले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थानहरूमा, साथै गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का देखि मध्यम हिमपात हुनसक्छ ।

त्यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनसक्ने विभागले जानकारी दिएको छ।

विभागले यो मौसम प्रणालीको असरले तापक्रम घट्न र चिसो बढ्न सक्ने चेतावनी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित