सहकारी ठगी अभियोगमा पूर्वसांसद गुरूङ पक्राउ

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखिएको रकम ठगी अभियोगमा पूर्वसांसद मिना गुरूङ पक्राउ परेकी छिन्।

नेकपा एमालेबाट गण्डकी प्रदेशका पूर्वसांसद रहेकी गुरूङलाई सहकारी ठगी अभियोगमा उनको निवासबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेकी गुरूङ सहकारी दर्ता भएको एक महिनापछि उपाध्यक्ष भएकी थिइन्। उनको ठाउँमा ज्ञानबहादुर बमजन अध्यक्ष बनेका थिए।

त्यति बेला सहकारीबाट १ करोड ५४ लाख रूपैयाँभन्दा बढी रकम अनधिकृत रूपमा हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ।

सूर्यदर्शन सहकारी ठगीका विषयमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा गुरूङलाई पनि प्रतिवादी बनाइएको थियो।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, सहकारीका सञ्चालक जिबी राई लगायत ६३ जना विरूद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ। उनीहरूबाट १ अर्ब ५१ करोड रूपैयाँ असुल्न पनि माग गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित