कारभित्र भेटिएको शव प्रहरी कर्मचारीको, टाउकोमा भेटियो गोली

काठमाडौं । बारा जिल्लाको सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र मृत भेटिएका प्रहरी कार्यालयका सहयोगी राजकुमार रुम्बाको टाउकोमा गोली भेटिएको छ । पोस्टमार्टमका क्रममा रुम्बाको टाउकोमा गोली भेटिएको हो ।

सिमरा विमानस्थलमा कार्यरत रुम्बा गत शनिबार बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत फेला परेका थिए ।​​

रुम्बाले राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर श्रीकान्त तिवारीको कार लिएर हिँडेका थिए । उनी सोही कारभित्र मृत फेला परेका हुन् ।

‘रुम्बाको गोली हानेर हत्या गरेको पुष्टि भयो, तर कसले र किन हत्या गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार खड्काले भने । मृतक रुम्बाको मोबाइलको कल डिटेल र लोकेशन हेरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित