काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेकोसहित तीन मुद्दा दायर भएका रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । कास्की जिल्ला अदालतले आजदेखि लामिछानेको बयान लिन लागेको हो । सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूको थुनछेक बहस सुरु हुनेछ ।
प्रहरीले रवि लगायतले सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा आइतबार एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगीमा मुद्दा दायर गरेको हो । यस्तै रविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि दायर भएको छ ।