रवि लामिछानेको सांसद पद निलम्बन गर्न सभामुखकहाँ पुग्यो पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बन हुने भएका छन्।

कुनै पनि सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएपछि पदबाट निलम्बित हुने कानुनी प्रावधान रहेकाले लामिछानेको सांसद पद पनि निलम्बन हुने भएको हो।

निलम्बन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।

रविविरुद्ध आजै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी प्रमुख एवं उपरीक्षक श्यामबाबु ओलियाले सभामुखलाई सम्बोधन गरी लेखेको पत्रमा संसद सचिवालयमा पुगिसकेको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले प्रहरीको पत्र ढिला आएकाले भोलि मात्रै उक्त पत्र दर्ता हुने बताए।

Parliament letter wKylbpUHIk https://newskhari.com/storage/2024/09/Rabi-Lamichhane.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित