एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै

विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ।

एनपीएलको सुरुवातमा दुवै टोलीले लगातार समान चार खेलमा विजयी भएपछि नै सुदूरपश्चिम र जनकपुरलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो। अन्ततः यी दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन्।

एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।

सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो। सुदूरपश्चिम अहिलेसम्म एक खेलमा मात्रै पराजित छ। तर जनकपुर लिगचरणमा दुई र क्वालिफायरमा एक गरी तीन खेलमा पराजित भएको छ।

दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ।

पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको सुदूरपश्चिमले दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्यो। लुम्बिनीलाई ४५ रनले पराजित गरेपनि चितवनसँग भने भौथो खेलमा ३३ रनले पराजित भएको थियो।

सुदूरपश्चिमको अहिलेसम्मिको एकमात्रै हार यही हो। जनकपुरलाई ७२ रनले हराएपछि पोखरालाई ५ विकेटले पराजित गर्यो। अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको थियो। क्वालिफायरमा पनि जनकपुरमाथि समूह चरणकै नतिजा दोहो¥याउँदै फाइनलसम्मको सहज यात्रा तय गरेको छ।

जनकपुरले पनि उद्घाटन खेलमा विराटनगरलाई नै ८ विकेटले पराजित गरेको थियो। त्यसपछि लगातार तीन खेलमा विजयी भयो। कर्णालीलाई पनि ८ विकेटले नै पराजित गरेको जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको थियो।

लुम्बिनीसँग १ रनको रोमाञ्चक जित हात पारे पनि पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुरको अपराजित यात्रा तोडेको थियो। सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो। त्यसपछि काठमान्डुलाई ५ विकेटले पराजित गर्दै जनकपुरले सबैभन्दा पहिले प्लेअफमा स्थान सुरक्षित गरेको थियो। तर अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले पराजित भयो।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै ८ विकेटले पराजित भएको जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित