काठमाडौंमा यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम २.५ डिग्रीमा झर्‍यो

काठमाडौं । शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ।

केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो। काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन्।

त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ। । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ।

‘पोस्ट मनसुनबाट जाडो सिजनतर्फ जाँदै गर्दा मौसमी प्रणाली त्यति सक्रिय नभएकाले आकाशमा बादल छैन। बादल नहुँदा दिउँसो तापक्रम अलि माथिसम्म पुग्ने भयो। खुल्ला आकाश हुँदा न्यूनतम तापक्रम पनि बिहानमा झर्ने हुन्छ,’ मौसमविद अधिकारीले भने।

उनले दिउँसोको अधिकतम तापक्रम पनि त्यति नघटेको तर न्यूनतम तापक्रम ओरालो लागिरहेको बताए। काठमाडौंमा शनिबार १८ देखि १९ डिग्री सेल्सियसम्म अधिकतम तापक्रम रहने महाशाखाको आकलन छ।

अघिल्लो सिजनमा पनि मौसम र तापक्रम करिब करिब यसैपालिको अनुसार भएको पनि मौसमविद अधिकारीले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित